३ पुष, काठमाडौँ । न्यूजिल्याण्ड र पाकिस्तान बिच अकल्याण्डमा भएको पहिलो टि-२० मा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान सादाब खानले ४२ रन बनाएका थिए भने फाहिम असरफले १८ बलमा ३८ रनको विस्फोटक पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि बलिङ्गमा ज्याकब डफीले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
पाकिस्तानले दिएको १५४ रनको लक्ष्य न्यूजिल्याण्डले १८.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डका लागि टिम सेफ्टले सर्वाधिक ५७ रन बनाएका थिए भने पाकिस्तानका लागि ह्यारीस रैफले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै न्यूजिल्याण्डले ३ खेलको टि २० श्रृखलामा १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १५:२२ मा प्रकाशित






























