३ पुस ,बझाङ । साईपाल गाउँपालिका–५ न्यूना बस्ने १८ वर्षीय बीरेन्द्र बोहराको शुक्रबार बिहान सोही ठाउँस्थित भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।
घरबाट ३० मिनेट टाढा खोलाबाट आफ्नै घरको घर छाउने सिलेट (पत्थर) ल्याउने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १५:५३ मा प्रकाशित






























