back
CTIZAN AD

ओलीको घातक कदम : महान अवसरको अवसान

वि.सं.२०७७ पुस ५ आइतवार

645 

shares

केही समय यतादेखि अधैर्य स्वभाव देखाएका र पार्टीभित्रै अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेका छन् । ओलीको यो कदमलाई चौतर्फी आलोचना गरिएको मात्र छैन, सडकमा बढ्न थालेको प्रदर्शनले मुलुक झन असहजता तर्फ पुग्ने आंकलनसमेत गरिएको छ ।

नेपालमा राजनैतिक अस्थिरताको अन्त्य गर्दै समाजवादको आधार निर्माण गर्न भनि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आकर्षक चुनावी घोषणापत्र बनाएर निर्वाचनमा गठबन्धन बनाएका थिए ।

सत्ताको समय बाँडफाँडलाई एकताको आधार बनाएर आफुँ प्रधानमन्त्री बनेका ओलीले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउनसमेत सफल भएका थिए । प्रचण्डसँग ओलीको घनिष्ठ यति अपरादर्शी बन्यो कि उनले बहुदलिय जनवादलाई निलम्बन गरेर संक्रमणकालिन कार्यदिशा बनाएर प्रचण्डलाई समेत खुसी पारेका थिए ।

तर, यसबीच झण्डै दुई तिहाईको मत पाएको सरकारले देशमा शान्ति, स्थिरता र तीव्र विकास कुरामा जनतालाई आशा जगाउनेभन्दा निराश बनाउने काम गर्यो । मुलुकको सत्तारुढ दल नेकपाभित्र सहमतिअनुसारका व्यवहार नभएपछि किचलो बढ्दै जाने क्रममा अल्पमत र बहुमतको समिकरणको खेल, नयाँ पार्टी दर्ता, अध्यादेश लैजाने र फिर्ता ल्याउने, सबै नेताहरुलाई पद दिन्छु भनेर आफ्नो बनाउने र आफ्नो स्वास्थ्यको ख्याल समेत नगरी भेटघाट तिब्र पार्ने कार्य प्रधानमन्त्रीबाट हुँदै आएको सन्दर्भमा आइतबार संसद विघटनसम्म पुगेको हो ।

राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओलीले चिनियाँ सम्झौता कार्यान्वयनमा गति दिन नचाहने, पाठ्यक्रममा लिम्पियाधुराको नक्शा छाप्न रोक्ने तथा विधि, नीति र पद्धतिमा पार्टी चलाउन अस्वीकार गर्ने कदम अकल्पनिय र आत्मघाती, गणतन्त्र विरोधि ‘कु’, ठेलागाडा चढेर अमेरिका नपुगिने पुरानो वैचारिक आधारको कार्यान्वयन, हिटलरको भन्दा खतरा चालबाजी, लोकतन्त्रमाथिको उपहास, सर्वसत्तावादकोनांगो चित्र, जनमतमाथिको कारुणीक बलात्कार जस्ता टिप्पणीहरु बढेका छन् । ओलीको यो कदम गैरलोकतान्त्रिक, गैरसंवैधानिक र जनभावना विपरीत मात्र होइन, क्रुर आत्मघात हो भन्न सकिने स्थिति पैदा भएको छ । यसलाई महेन्द्रकालिन ‘कु’ का रुपमा समेत व्यख्या गर्न सुरु भएको छ । ‘कुकुरलाई घीउ नपचेको’ रुपमा पनि यसलाई टिप्पणी गरिदैँछ ।

टिप्पणीहरुमा आग्रह मिसिएका पनि होलान्, तर प्रधानमन्त्री केपी ओलीका पछिल्ला व्यवहार लोकतन्त्रमैत्री नभएको सत्य हो । विधिमा जान र मान्न नचाहाने उनको हठ खतरनाक प्रयासका रुपमा पर्दापण हुन पुगेको छ । संरचना तोडफोड गर्नलाई प्रधानमन्त्रीको यस्तो व्यवहारले उक्साएको छ । संसद विघटनले मुलुकलाई अपुरणिय क्षति पुगेको छ । ओलीको यो घातक कदमलाई महान अवसरको अवसानको रुपमा लिन सकिन्छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १८:२१ मा प्रकाशित

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...