back
CTIZAN AD

किसानलाई आधुनिक औजार भन्दा हलो नै महत्व

वि.सं.२०७७ पुस ६ सोमवार

2K 

shares

६ पुष, कास्की । नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ । गाउँका टारीमा अग्ला कान्ला तथा साँघुरा गरा भएका कारण गोरुको विकल्प नभएको हो ।

मादी गाउँपालिका–१२ अलैँचीबारीका ६८ वर्षीय सोमलाल न्यौपाने टारीका खेतबारीका लागि अभैmपनि जोत्न गोरुको विकल्प नभएको बताउँछन् । छिमेकी वडा नं ११ तोगिमा गोरु खरिद गर्नर्कै लागि पुगेका उनले कृषिमा भित्रिएका जोत्ने उपकरण पहाडी भेग सुहाउँदो अझै पनि नपाइएको जानकारी दिए ।

गोरु पाल्दा मल पनि हुने र धान, कोदो, मकैलगायतका खाद्यान्नका साथै आयआर्जनको महत्वपूर्ण माध्यम बनेको तरकारीखेतीका लागि आफूले अहिले पनि गोरुको  खोजी गर्दै आएका उनका भनाइ छ ।  दाइँमासमेत गोरुको प्रयोग हुने गरेको छ ।

मह गाउँको रुपमा परिचित तम्तरीको तोगीमा भेटिएका उनले स्थानीय ऋषिराम ढकालसँग हालै रु २० हजार तिरेर गोरु किनेको जानकारी दिए । गोरु किन्दा अहिले पनि ग्रामीण भेगमा बगाल छोड्ने भन्दै थप केही रकम दिने मौलिक प्रचलन कायमै छ ।

स्थानीय विनोद ढकालले मादिको प्राकृतिक मनोरम क्षेत्र सिक्लेस र ताङ्तिङबाट साना गाईका बाच्छा खरिद गरेर ल्याउने र आवश्यकता अनुसार बाच्छा दाएर गोरु बनाउने गरेका छन् । बहरलाई दाएर गोरु बनाउनु चुनौतीपूर्ण रहेका उनको अनुभव छ ।

कृषि उत्पादनमा ग्रामीण क्षेत्रमा नवीनतम प्रविधि हाते ट्याक्टरको उपयोग हुँदै आए पनि बोकेर तलमाथि गर्न गाह्रो हुने, चलाउने सीपको अभाव र बिग्रेको अवस्थामा मर्मतको समेत ज्ञानको अभावमा अप्ठेरो पर्ने हुँदा कृषिको लागि गोरुको खोजी अहिले पनि कम छैन ।

कास्कीको उर्वरभूमि मादी गाउँपालिकामा गोरुको खरिदबिक्री ह्वात्तै बढेको छ सरकारले कोभिड—१९ सङ्क्रमण रोक्नका लागि गरेको बन्दाबन्दीसँगै सो क्षेत्रमा कृषिमा आकर्षण बढेसँगै गोरुको कारोवारमा वृद्धि आएको हो ।

गाउँमा विगत लामो समयदेखि बाँझिएको जमिन एतिखेर भने जोतेर खेती गर्न शुरु गरिएको छ । पालिकाका सबै जमिनमा केही न केही खेती गर्नुपर्दछ भन्ने सोचका साथ ग्रामीण क्षेत्रका बासिन्दा खेतीकोलयमा फर्केको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।

“पालिकाले ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि आधुनिक प्रविधि हाते ट्याक्टर निःशुल्क उपलव्ध गराएको छ” उनले भने, “गाउँका ठूला कान्ला भएका साना गराका लागि टक््याक्टर भन्दा गोरुले जोत्न सहज भएको कारण गोरुको बिक्री बढेको हो ।”

उनका अनुसार बन्दाबन्दीसँगै विदेशबाट फर्केका युवासमेत यतिखेर कृषि पेशामा लागेको कारण पछिल्लो समयमा ग्रामीण क्षेत्रमा लामो समयदेखि बाँझिएका जमिनमासमेत खेती गरी उत्पादनमा जोड दिइएको छ । बन्दाबन्दीको नौ महिनाको अवधिमा मादी गाउँपालिकामा दुई दर्जन भन्दा बढी गोरु बिक्री वितरण भएका छन् । पछिल्लो समय समाजमा गाई पाल्ने प्रचलन घटेको कारण बाच्छा पाउनसमेत कठिन हुँदै गएको उनको भनाइ छ ।

मादीले सडक, कृषि, पर्यटन, शिक्षालगायतका विभिन्न विकास निर्माणमा जोड दिँदै आएको जनाउँदै अध्यक्ष गुरुङ्ले आयआर्जन र रोजगारी सिर्जनाका लागि कृषिमा प्रदेश र सङ्घीय सरकारले पनि थप जोड दिनुपर्ने बताए ।

गाउँपालिकाको बीचबाट बग्ने मादी नदीका दायाँबायाँका फाँटमा सिँचाइको सुविधासमेत पुगेको हुँदा कृषि उत्पादनमा अब्बल रहेको बताउँदै उनले मादी नदीमा निर्माण गरिएका र निर्माणाधीन नौ वटा मोटरेवल पुलसँगै सडकले कृषिको बजारीकरणका लागि सुविधा पुग्ने विश्वास व्यक्त गरे ।  काठको हलोमा अनौ, हरिस भए पनि फलामबाट निर्मित फाली र करुवाले जोडेको हलो तान्नको लागि महत्वपूर्ण गोरुलाई परम्परागत रुपमा रामको संज्ञा दिँदै आइएको पाइन्छ ।

‘जहाँ हलो त्यहाँ भलो’ भन्दै परम्परगत कृषि औजारका रुपमा रहेको हलोको महिमा र गरिमा प्राचीनकालदेखि नै भएको पाइन्छ । हलोको साइनो किसानको रोजीरोटी तथा दैनिकीसँग प्रत्यक्ष जोडिएको छ ।      रासस

वि.सं.२०७७ पुस ६ सोमवार १५:४१ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...