६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधब कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्रसहित निर्वाचन आयोग पुगेका छन् ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै तत्कालै बसेको नेकपाको स्थायी समितिको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
सोहि बैठकको निर्णय र सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा जारी विज्ञप्तिसहित निर्वाचन आयोगमा पुगेर नेपाल र दाहालले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरिएको जानकारी दिएका हुन् ।
‘उहाँहरुले सोमबार बसेको स्थायी समितिको बैठकको निर्णय र आज पुष्पकमल दाहालले जारी गरेको विज्ञप्ति बुझाएर जानु भएको छ ।’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संसारन्युजलाई जानकारी दिए ।
वि.सं.२०७७ पुस ६ सोमवार १५:२९ मा प्रकाशित






























