काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको बैठक सुरु भएको छ । भेला नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको हो ।
भेलामा पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने उपस्थित छैनन् । साथै भेलामा पूर्वमाओवादी पक्षका सांसदहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट, मणि थापा अनुपस्थित छन् ।
यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसदहरुको भेला प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।
वि.सं.२०७७ पुस ६ सोमवार १५:२३ मा प्रकाशित






























