back
CTIZAN AD

अभिनेत्री जल शाहले आमालाई सम्झेर लेखिन् यस्तो स्टाटस

वि.सं.२०७७ पुस ६ सोमवार

678 

shares

काठमाडौँ । एक समय नेपाली चलचित्र क्षेत्रकी चर्चीत अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन भएको तीन वर्ष भएको छ । २०७४ साल पुष ६ गते अमेरिकाको एक अस्पतालमा प्रेमाको निधन भएको थियो । आमाको निधनले जल निकै विक्षिप्त भएकी थिइन् । उनले सामाजिक सञ्जालमा आमालाई सम्झँदै एउटा मार्मीक स्टाटस लेखेकी छन् ।

आइतवार उनले आमाको तेस्रो वार्षिकीमा फेसबुकमा आमा विना आफ्नो अस्तित्व नभएको बताएकी छन् । उनले लेखेकी छन्, ‘कहाँबाट सुरु गरुँ, कहाँबाट अन्त्य गरुँ । त्याग र प्रेम मेरो आमाको कसरी बयान गरुँ । तिमी मसँग नभएको पनि आज तीन वर्ष भएछ आमा । मलाई एकछिन नदेख्दा मेरो बोली सुन्न नपाउँदा तिमी कति बेचैन हुन्थ्यौ । तर तिमी त निष्ठुरी रहेछौ आमा ।’

जलले अगाडि लेखेकी छन्, ‘तिमीले मलाई तिम्रो ज्यान ममा बसेको छ भन्थ्यौ । तिमी मेरो लागि म तिम्रो लागि भनेको हैन ? मेरो आँखाको ज्योति, मेरो हातको लठ्ठी, मेरो हिँड्ने बाटो, मेरो एक मात्र छोरी भन्थ्यौ आमा । तिमी विना मेरो अस्तित्व नै छैन, मलाई टुहुरो बनायौ आमा ।’ ७५ वर्षको उमेरमा अन्तिम सास लिएकी प्रेमा लामो समयदेखि छोरीसँग अमेरिकामा बस्दै आएकी थिइन् ।

२०२८ सालमा पाटनका जेपी शाहीसँग विवाह गरेपनि श्रीमानसँगको सम्बन्ध बिच्छेदपछि प्रेमाले छोरी जल शाहलाई आफ्नै थर दिएर हुर्काएकी थिइन् । जलले नेपाली चलचित्र क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल हुनुमा आमा प्रेमाको ठूलो योगदान छ । आमाकै चाहनाअनुसार यादव खरेलको चलचित्र ‘श्री स्वस्थानी’ बाट जलले नेपाली चलचित्रमा पाइला राखेकी थिइन् ।

वि.सं.२०७७ पुस ६ सोमवार १५:४६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...