back
CTIZAN AD

प्रतिनिधिसभा विघटन विरुद्धको पुस १३ गतेको प्रदर्शनलाई भव्य बनाउन तरुण दलको निर्देशन

वि.सं.२०७७ पुस १० शुक्रवार

852 

shares

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएको संसद् विघटनको विरुद्धको प्रदर्शनमा देशैभरीबाट जुट्न नेपाल तरुण दलले निर्देशन दिएको छ ।

नेपाली कांग्रेसको आयोजनामा पुस १३ गते देशैभरी आयोजित संसद् विघटन विरुद्धको प्रदर्शनलाई भव्य, व्यवस्थित एवं शान्तिपूर्ण बनाउन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले निर्देशन दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ ।’ अध्यक्ष बस्नेतद्धारा विहिबार जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत जिल्ला समितिलाई निर्देशन दिएका छन् ।

‘नेपाल तरुण दल त्यस जिल्ला समितिले उक्त दिन पार्टीसंग समन्वय गरी पार्टीको कार्यक्रम संग नजुध््ने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ ।’अध्यक्ष बस्नेतले भनेका छन् ।

No photo description available.

वि.सं.२०७७ पुस १० शुक्रवार १२:२४ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...