back
CTIZAN AD

नेपालमा आज ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना संक्रमणबाट मुक्त, ८ जनाको मृत्यु

वि.सं.२०७७ पुस १० शुक्रवार

807 

shares

१० पुस, काठमाडौं । नेपालमा आज ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार १४२ नमुना परीक्षणमा उपत्यकाका २७९ जनासहित देशैभरी ६०८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३७ र ३७१ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ४४, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३३४, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ८२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ८४ जना रहेका छन् ।
आज थपिएका ६०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८९२ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८९२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । निको हुनेको यो दर ९६.५ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।

आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना निको, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस १० शुक्रवार १६:३६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...