back
CTIZAN AD

कविताः म शत्रु बिनाको मान्छे !

वि.सं.२०७७ पुस ११ शनिवार

1.3K 

shares

अचेल मान्छेहरू,
अर्ति दिएरै दुश्मनी निभाउंछन् !
मलाई लुट्नेहरू नै,
धेरै सोझो नहुनुस् भन्न आउँछन् !!

एक्लै घस्रीरहेको देखेर
बैरिले मलाई पखेटा दान दियो !
अनि मैले आकाशबाट देखें
आफन्तको हातमा गुलेली थियो !!

मलाई,मेरो कमाई नसोध
मेरो कमाईको आफ्नै हिसाब छ !
मेरो कमाई जान्ने नै भए,
आर्यघाटमा मेरो,मलामी गन्न आउनु
त्यहाँ,
केही मेरा आफन्त देख्नेछौ
बाँकी मेरा साहुहरू …

म शत्रु बिनाको मान्छे ।
जसरी मरेको कुकुरलाई
उपियाँले छोड्छ नी ….!
त्यसैगरी,
ऋण लागेको मान्छेलाई
शत्रुले पनि छोड्छ…।
म शत्रु बिनाको मान्छे ।।

मैले फेरि फकाएँ,बिन्ती बिसाएँ
बरू मलाई स्वर्ग चाहिएन,सुख दिनु परेन
आजै लैजाउ,यस्तै लैजाउ …।।
भोलि म ऋणमुक्त हुँ ला !
ऋणमुक्त हुंदा मलाई
नयाँ जीवन पाएझैं भयो भने ??
मलाई थोरै जिउन मन लाग्यो भने ??
म भर्खर जन्मनु,अनि तिमी आउनु …
तिमिलाई शिशुहत्याको आरोप लाग्नेछ !
यम्
तिमिलाई शिशुहत्याको आरोप लाग्नेछ !!

एकदिन शिवजी खुशी भएर सोधे !
के माग्छस् मनुष्से ..??
मैंलेपनि आफुलाई,
भाग्यशाली बनाईमागें…
बाउको टोपी, आमाको धोती दाउमा राखेर
जुवा खेलें ….एउटा लालपूर्जा जितें ।
पछी थाहा भो..
हरूवाहरूपनि,आफन्तै धितो राखेर
बाजि मार्न आएका रहेछन् ।।

हिजो यमदूतसंग कुरा भो
मैले भनें,
उठाउ मलाई, लैजाउ आफैंसंग
यमदूत कड्कियो…
लैजाउँला, पक्का लैजाउँला
पहिला पृथ्वीवासीको
उधारो त चुक्ता गर ।

मैले फेरि फकाएँ,बिन्ती बिसाएँ
बरू मलाई स्वर्ग चाहिएन,सुख दिनु परेन
आजै लैजाउ,यस्तै लैजाउ …।।
भोलि म ऋणमुक्त हुँ ला !
ऋणमुक्त हुंदा मलाई
नयाँ जीवन पाएझैं भयो भने ??
मलाई थोरै जिउन मन लाग्यो भने ??
म भर्खर जन्मनु,अनि तिमी आउनु …
तिमिलाई शिशुहत्याको आरोप लाग्नेछ !
यम्
तिमिलाई शिशुहत्याको आरोप लाग्नेछ !!

वि.सं.२०७७ पुस ११ शनिवार ०९:४६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...