back
CTIZAN AD

कविताः अन्तर्राष्ट्रिय नयाँ वर्ष

वि.सं.२०७७ पुस ११ शनिवार

666 

shares

अरु वर्ष जस्तै,
यसपाली फेरि सुटुक्क
बामेसर्दै
मेरो कोठाभित्र
जवर्जस्ति पस्न खोज्दैछ
अर्को अन्तर्राष्ट्रिय नयाँ वर्ष
पश्चिम तिरको भित्तामा टाँगेको
हरियो पात्रोको पाना पल्टाउन !
पोहोर पनि नयाँ अनुहार लिएर
हाँस्दै आएको उस्ले
खै के भन्यो कुन्नि,
मेरो भाईले त स्वस्थानिको
प्रसाद नै खाएन !
त्यति मात्रै कहाँ हो र ?
दशैंमा
आमाको हातको टीको
पनि लाएन !
त्यसैले यसपाली मलाई
कता कता डर लाग्दैछ
यो अन्तर्राष्ट्रिय नयाँ वर्ष संग ।

कसैको आँखामा आँशु होइन,
सवैका ओठमा मुस्कान छर्दै
आईज !
म तंलाई सगरमाथाको काखमा
राखेका मेरा सारा
मन्दिर र गुम्बाहरु घुमाउछु !
स्वर्गका अप्सराहरुले
सधै श्रृंगार गर्ने गुराँसका
सबै रँगहरु चिनाउछु !
तर किन हो किन
तं सँग मलाई
अझै पनि डर लाग्छ,
मेरो गुराँसको रँग पनि
सुटुक्क चोरेर
जवर्जस्ति
मेरो भाई जस्तै
फुस्रो बनाइदिइस भने !!!

यसपाली आमाले पनि
स्वस्थानिको ब्रत लिनु भएन भने !
म कहाँ गएर
स सना सय रोटी खानु ?
फेरि दशैमा पनि
टिका लाउदिन भन्नु भो भने !
म कस्का दैलामा गएर
टिका थाप्नु ?
त्यसैले ए नयाँ वर्ष
अव आँउदा सुटुक्क वा
जवर्जस्ति होइन,
नयाँ कोपिला झै मुस्कुराउँदै
आईज !
कसैको आँखामा आँशु होइन,
सवैका ओठमा मुस्कान छर्दै
आईज !
म तंलाई सगरमाथाको काखमा
राखेका मेरा सारा
मन्दिर र गुम्बाहरु घुमाउछु !
स्वर्गका अप्सराहरुले
सधै श्रृंगार गर्ने गुराँसका
सबै रँगहरु चिनाउछु !
तर किन हो किन
तं सँग मलाई
अझै पनि डर लाग्छ,
मेरो गुराँसको रँग पनि
सुटुक्क चोरेर
जवर्जस्ति
मेरो भाई जस्तै
फुस्रो बनाइदिइस भने !!!

वि.सं.२०७७ पुस ११ शनिवार ०९:५१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...