back
CTIZAN AD

कविता: बोल नेता

वि.सं.२०७७ पुस ११ शनिवार

789 

shares

हाम्रो हाल बबाल गर्न तिमीले कहाँ सिकेको भन ?
देखायो कुन दुष्टले र कसको जालै छ पार्ने भन ?
पुर्खाका कतिथे अपूर्व सपना पाखा लगायौ कि न ?
गर्छाैँ देश विकास लौ भनी कताआँखा लगायौ भन ?१।

कस्तो मान पुगेन र भन त्यहाँ लुछा चुँडी यो गर्याै,
कस्को निम्ति मर्याै र मारि जनता घ्याम्पो त आफ्नै भर्याै ?
मुर्झाए सपना र थाकी विपना कैलै नउठ्ने भए ,
गर्छाै देश विकास रे अब कतै कोही न जुट्ने भए ।२।

चुनावी ननिको रचेर भुमिका खाली पछार्छाै किन ?
कयौँ यी जनता लुटेर यसरी लाठी बझार्छाै किन ?
पर्देशी जगमा पठाइ जनता खायौ रेमिटान्स कति ?
साँढे भै जुधँदा सधैँ भरि तिमी होला नि यस्ले खति ।३।

आफ्नै पौरखमा खनेर हरिया पाखा सिगार्ने भए,
खायौ के सपथै बनाउन भनी उल्टै बिगार्ने भए ।
फैलायौ हतियार साधु जनता साथी भए तारन,
पोखी भल्भल आँसु धार धरती रुन्छिन् यही कारण ।४।

कैले साँध सिमा अतिक्रमणको व्यथा यहि पर्याे,
कैले रोगहरु अनेक तरहका झेलेर मर्नै पर्याे ।
आतङ्की समयै बिते कति यहाँ बाला अकेला भए,
छारो नेत्र कवै नहाल्नु अबता ती याम तिम्रा गए ।५।

शार्दूल विक्रीडित छन्द

वि.सं.२०७७ पुस ११ शनिवार ०९:५३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...