back
CTIZAN AD

तलब नपाएपछि शिक्षक समस्यामा, महासंघले भन्यो– अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दा हुनेछ

वि.सं.२०७७ पुस ११ शनिवार

1.4K 

shares

११ पुस, काठमाडौं । निजी तथा आवासीय विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा नपाएकाले नेपाल शिक्षक महासङ्घले अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दालाई बनाउने भएको छ ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा आज भर्चुअलरुपमा आयोजित ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षकका समस्या’ विषयक छलफलमा महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता अपमानजनक कार्य गरेको आरोप लगाए ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले धेरै शिक्षकले अहिले पनि गत चैतदेखिको तलब नपाएको दुःखेसो गर्दै यस्तो कार्य श्रम नियम विपरीत भएको जिकिर गरे । उनले आफूहरुको श्रमप्रतिको सम्मान नभएको विषयमा सम्बन्धित सरकारी निकाय र विद्यालय सञ्चालनकलाई पटक पटक ध्यानाकर्षण गराइएको जनाए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङले महामारीका कारण विद्यालय सञ्चालक पनि अप्ठ्यारोमा परेकाले शिक्षक, विद्यार्थीलगायत सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताए ।

शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले शिक्षकको श्रमप्रतिको सम्मान हुनुपर्ने उल्लेख गर्दै सङ्घीय ऐनमा निजी विद्यालयलाई पनि समेट्न आग्रह गरे । पत्रकार समाजका महासचिव शेषकान्त पण्डितले निजी विद्यालयको नियमन र व्यवस्थापनका लागि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको उचित कार्यान्वयन गर्नपर्नेमा जोड दिए । रासस

वि.सं.२०७७ पुस ११ शनिवार २१:०७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...