back
CTIZAN AD

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अहिलेसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने अनुमति, आवेदन दिने सबैले शेयर पाउने

वि.सं.२०७७ पुस १२ आइतवार

789 

shares

१२ पौष, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हालसम्मकै ठूलो प्राथमिक शेयर निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबार स्वीकृति पाएको छ । बैंकको आईपीओ सबै आवेदकहरुले पाउनेछन् ।

धितोपत्र बोर्डले पौष १० गते बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

जलविद्युत,सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

काठमाण्डौको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । सो लगतै २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

वि.सं.२०७७ पुस १२ आइतवार १४:२८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...