back
CTIZAN AD

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न

वि.सं.२०७७ पुस १३ सोमवार

1.6K 

shares

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक भब्यताका साथ सम्पन्न भएको छ ।

बाम बुद्दिजिवी खगेश्वर केसीको प्रमूख आतिथ्यमा सम्पन्न उक्त भेलाले केन्द्रीय कार्यसमितिको बिस्तार गर्दै एक कार्यकाल थप गरेको छ ।

विश्व सर्वहारा वर्गका महान नेता माओको १२८ औं जन्मजयन्तीको अवसरमा सम्पन्न उक्त भेलामा नेपाली जनप्रगतिशील मोर्चाका विश्वभरिका नेताहरुले शुभकामना दिएका थिए ।

नेपाली जनजाती सरोकार मन्च बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्ग, नेपाली जनप्रगतिशील मोर्चा स्पेनका संयोजक इश्वर शर्मा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, बेल्जियमका अध्यक्ष मेख गुरुङ्ग, अमेरिकाका संयोजक विश्व बहादुर शाह, मलेशियाका सचिव खगेन्द्र भट्टराई, साउदीका महासचिव टिकाराम ओली र युरोपका अध्यक्ष विष्णु भुजेलले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा विशेष अतिथिको तर्फबाट मन्तब्य राख्दै जनजागरण अभियानका सचिव नरबहादुर कार्कीले वर्तमान चीनको सफलताको पछाडि माओको योगदानको चर्चा गर्दै अब एकिकृत जनक्रान्तिले राजनीतिक मूल्यांकन र सफलतामा मात्र रहेर पुग्दैन, राष्ट्रिय परिस्थितीले अहिले हस्तक्षेपमुखी कार्यक्रमहरु अगाडि ल्याउन आम जनसमुदायले दिएको दबावलाई भेट्ने कार्यक्रम ल्याउन पने बताए ।
‘वैज्ञानिक समाजवादको अवधारणा हामीले आम जनसमुदाय माझ लैजानु पर्दछ । विदेशिनुको कारण नेपाली राज्यसत्ताले जनता माथि थोपरेको आर्थिक शोषणको उपज हो भन्ने कुरालाई जबर्जस्त उजागर गर्न पर्ने हुन्छ,’ मन्तव्यका क्रममा उनले भने, ‘नेपालमा किस्ताबन्दीमा दिएका धोकाधडीबाट नेपाली जनता आतंकित छन् । यो अवस्थाले नेकपालाई देशको समग्र नेतृत्व लिनको लागि मार्ग प्रसस्त गरेको छ ।’

भेलाका प्रमुख अतिथि बाम बुद्धिजिवी खगेश्वर केसीले नेपालमा दलाल सत्ताको विघटनले वैज्ञानिक समाजवादको अपरिहार्यतालाई पुष्टि गरेको बताए । नेकपाले एकिकृत जनक्रान्ती मार्फत स्थापना गरेको क्रान्तिकारी राजनीतिक धार, वैकल्पिक राजनीतिक शक्ति, क्रान्तिकारी आन्दोलनको छापलाई स्थापना गरेको बताउँदै यस अवस्थाले क्रान्तिकारी शक्तिमा पैदा गरेको उर्जालाई विकल्प दिन तत्काल पहल गर्नु पर्ने कुरामा जोड दिदै माओको योगदानको बारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा नेजप्रमो मलेसिया सेलाङ्ग क्षेत्रीय समितीका संयोजक बुद्धिराम भुसालले ’सिमामा लालझण्डा गाड्नु छ’ शिर्षकको कविता बाचन गरेका थिए ।

भेलामा मोर्चाका सचिव प्रकाश बस्यालले कार्यप्रगति विवरण, कोषाध्यक्ष भुवन सिंखडाले आर्थिक र उपाध्यक्ष टंक खड्काले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु माथि व्यापक छलफल गर्दै केही सुधारका साथ सर्वसम्मतिले पारित भएको छ । भेलाले सुनिल वस्ती र आर.के. चौधरीलाई केन्द्रीय सदस्यमा थप गरेको छ । अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरु यथावत रहने गरी निरन्तरता दिएको छ ।

उक्त भेलाको सञ्चालन मोर्चाका महासचिव प्रदिप अधिकारीले गरेका थिए भने उपस्थित सबैलाई उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई नेजप्रमो युरोपका सल्लाहकार रामबहादुर गुरुङ्गले बधाई दिएका थिए ।

कार्यक्रमको सभापति तथा मोर्चाका अध्यक्ष पूर्णबहादुर बिकले प्रतिबद्धता मन्तब्य दिंदै कार्यक्रमको समापन गरेका थिए ।

 

 

वि.सं.२०७७ पुस १३ सोमवार ११:२४ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...