back
CTIZAN AD

एकैवर्षमा तीन अभिभावक गुमाएका मुगुका युवराजलाई जापान र पोल्याण्डबाट आर्थिक सहयोग

वि.सं.२०७७ पुस १३ सोमवार

771 

shares

१३ पुस, काठमाडौं । एकै वर्षमा तीन अभिभावको मृत्यु भएपछि अभिभावक विहिन बनेका १२ वर्षीय बालक युवराज कुमाललाई जापान र पोल्याण्डबाट आर्थिक सहयोग गरिएको छ ।

ऐक्यबद्धता मासिक तथा संसारन्युजकी प्रबन्ध सम्पादक तथा सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्द्रिका राना थापा (चन्दा) को पहलमा जापानमा रहेका नारायण स्टेभेन्टले छोरीको जन्मदिनको अवसर पारेर १० हजार ६५० रुपैयाँ र पोल्याण्डबाट मित्रलाल पार्देले २० हजार रुपैयाँ गरी जम्मा ३० हजार ६५० रुपैयाँ आर्थिक सहयोग पठाइएका हुन् ।

उक्त रकम सोमबार (पुस १३ गते) युवराजकी आमा सोमती कुमालको नाममा एनआइसी एसिया बैंक मुगु साखामा रहेको खाता नं मा ८१८७९५१२३६४५२४०१ पठाइएको हो ।

थापाकै पहलमा यसअघि पनि अमेरिकाबाट समाजसेवी सवि थापाको पहलमा संकलन गरिएको १ लाख रुपैयाँ पत्रकार महासंघ मुगु साखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लद्धारा हस्तान्तरण गरिसकिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमालको हजुरबुवा, बुवा र हजुरआमाको एकैवर्षमा मृत्यु भएपछि उनी अभिवभावक बिहिन बनेका थिए । आमा सोमती कुमाल एक्लैले छिमेकी तथा माइतीबाट मागेर ४ छोराछोरीको लालन पालन गर्दै आएकी छन् । उनीहरुको शिक्षा दिक्षाका लागि उक्त रकम सहयोग गरिएको हो ।

एकैवर्षमा तीन अभिभावक गुमाएका मुगुका बाह्र वर्षीय बालक युवराजलाई देश-विदेशबाट आर्थिक सहयोग

एकै बर्षमा बाबु, बाजे र बजैको मृत्यु, मागेर किरिया बस्दै १२ वर्षीय बालक

वि.सं.२०७७ पुस १३ सोमवार १७:२२ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...