back
CTIZAN AD

तपाईको आज (बुधबार) को राशिफल,हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ पुस १५ बुधवार

888 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूकै लागि बुद्धि र समय खर्चनुपर्ला । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ । परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । केही चुनौती देखिए पनि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न समय लागे पनि फाइदा हुने काम हातलागी हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले साथ दिनेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । मान्यजनको साथ सहयोग जुट्नेछ । रोकिएको काम गर्न सकिनेछ । तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ । साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।

२०७७ पुस १५ गते, बुधलवार, (३० डिसेम्बर २०२०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंगलबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

 

वि.सं.२०७७ पुस १५ बुधवार ०७:३४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...