back
CTIZAN AD

यसकारण रोकियो आलिया र रणवीर कपुरको विवाह

वि.सं.२०७७ पुस १५ बुधवार

651 

shares

काठमाडौँ । बलिउड नायक रणवीर कपुरले पहिलो पटक सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकार गरेका छन् ।

रणवीरका अनुसार कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्थ्यो। रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ । म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु ।’

एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्। उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन्। उनको अघि म आफूलाई अन्डर एचिभर महसुस गर्छु ।

रणवीरले सन् २०२० आफ्नो लागि निकै कठिन भएको बताएका छन्। उनले यो वर्ष आफ्ना पिता ऋषि कपुरलाई गुमाएका थिए। उनका पिताको गत ३० अप्रिलमा निधन भएको थियो ।

वि.सं.२०७७ पुस १५ बुधवार ११:२३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...