back
CTIZAN AD

यमनको बिमानस्थलमा आक्रमण हुँदा २२ को मृत्यु

वि.सं.२०७७ पुस १६ बिहीवार

678 

shares

१६ पुष, एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।

एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।

सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ ।

यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

राष्ट्रपति हादीले बिमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।

यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ ।

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।
.रासस

वि.सं.२०७७ पुस १६ बिहीवार १५:०९ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...