back
CTIZAN AD

कार्यालय भवन निर्माणका लागि १ करोड बढि मूल्यको जग्गादान

वि.सं.२०७७ पुस १६ बिहीवार

615 

shares

१६ पुष, महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।

भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । आफ्नै कार्यालय भवनको अभावमा विभिन्न समस्या हुने गरेको तथा नगरवासीको सेवा प्रवाहमा समेत अवरोध खडा हुने गरेको कुरालाई देखेर नगरप्रमुख साहको विशेष अनुरोधमा मनकारी पाण्डेले भङ्गहा बजार क्षेत्र नजिकै रहेको सो जग्गा दान गरेका हुन् । त्यस क्षेत्रमा धुरको रु एकदेखि दुई लाखसम्ममा जग्गा किनबेच हुने गरेको छ ।

नगरप्रमुख साहले जग्गादातालाई विशेष धन्यवाद दिदैं सो जग्गामा कार्यालय भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोे बताए ।

यसैबीच बर्दिवास नगरपालिकाले गत आर्थिक वर्षमा करीब रु १६ करोड सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार आव २०७६/७७ मा बर्दिवास नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई नगरपालिकाबाट रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको हो ।

बर्दिवास नगरपालिकामा बसोबास गर्दै आएका दुई हजार ६०६ ज्येष्ठ नागरिकलाई रु नौ करोड ८० लाख ६००, एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार, ५४६ अपाङ्गता भएका व्यक्तिलाई रु एक करोड २४ लाख १८ हजार ४०० र चार हजार ७२६ बालबालिकालाई रु दुई करोड १२ लाख ३६ हजार सामाजिक सुरक्षावापत वितरण गरिएको बर्दिवास नगरपालिकाका प्रशासन शाखा प्रमुख चन्द्रप्रसाद अधिकारीले बताए ।

उनले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण व्यक्तिलाई यसअघि घरमा भत्ता वितरण गर्दै आएकामा अहिले बैंकमार्फत भुक्तानी गरिएको बताए । (रासस)

वि.सं.२०७७ पुस १६ बिहीवार १५:०७ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...