back
CTIZAN AD

टुहुरो अर्ना सौहाराका अस्पतालमा

वि.सं.२०७७ पुस १७ शुक्रवार

534 

shares

१७ पुष, चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो ।

अस्पतालको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा.बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताए ।

उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडेको उनले जानकारी दिए ।

विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले आठ वटा अर्ना मरेका छन् ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म चार भाले, दुई पोथी गरी छ वटा बच्चा जन्मिएका छन् । निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ ।

झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।
रासस

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:०० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...