back
CTIZAN AD

लघुकथाः निजामती पुरस्कार

वि.सं.२०७७ पुस १८ शनिवार

708 

shares

भाद्र २२ गतेका दिन सरकारले निजामती सेवा दिवस मनाउन थालेदेखि एकजनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, दशजनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र तिसजनालाई निजामती सेवा पुरस्कार दिन थाल्यो । निजामती दिवस मनाएर निजामती सेवा पुरस्कार दिन थालेपछि हुलाकमा काम गर्ने खरिदार प्रेमकुमार मैले पनि एकपटक जसरी भएपनि निजामती पुरस्कार पाइ छाड्छु मनमनै भन्यो । कर्मचारीले पाउने तिस दिन घरविदा पनि उसको ल्याप्स हुने गर्दथ्यो । घरमा बस्नभन्दा कार्यालयमा गएर काम गर्न नै उसलाई ठूलो इच्छा लाग्दथ्यो ।

एकदिनको कुरा हो निजामती सेवा दिवस आउन लाग्दा उसले काम गर्ने कार्यालयको हाकिमसाहेबले उसलाई बोलाएर “यसपाली तपाईको नाम निजामती सेवा पुरस्कारको लागि हामीले सिफारिश गरेर पठाउदैछौ नि” भने । यसपाली मैले निजामती सेवा पुरस्कार पाउने भए भनेर उसको मन साह्रै नै प्रसन्न भयो । निजामती सेवा दिवसको दिनमा पुुरस्कार पाउने कर्मचारीहरुको नाम सार्वजनिक गर्दा उसको नाम परेन । उसको नाम नपरेपछि उसको मन साह्रै नै अँध्यारो भयो । त्यसदिन देखि उसको अनुहारपनि अँध्यारो देखियो । उसको नोकरी उनन्तीस वर्ष पुरा भएको थियो । तिस वर्ष पुरा भएपछि उसले कार्यालयमा हाकिमसाहेबसँग राजिनामाको निवेदन लेखेर पेश ग¥यो । हाकिमसाहेबले उसलाई बोलाएर “जागिर किन छोड्न लाग्नु भयो नि ?” भने । उसले “सर हामीजस्तो आफूले पाउने घरविदा एकदिन पनि नलिएर सधैँभरि कार्यालयमा आएर काम गर्नेलाई सरकारले पुरस्कार नदिएपछि मलाई काम गर्न मन लागेन त्यसैले मैले राजिनामा दिएको हुँ” भने । “राम्रोसँग काम गर्दै जाँदा अहिलेसम्म तपाईले पुरस्कार नपाएपनि पुरस्कार पाउने दिन आएपछि एक न एक दिन पाइहाल्नु हुन्छ नि” हाकिमसाहेबले भने ।

सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं

वि.सं.२०७७ पुस १८ शनिवार ०९:१० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...