
जुवा तास खेल्न नपाया मरिझाँदा छन्
नानू रक्सी पानी नखाया मरिझाँदा छन्
मेरा बाबा जिउली बुणिकन मर्न लाईग्या
छोट्टिले आँखा झिम्काया मरिझाँदा छन्
मेरा बड्डाकि निको फुच्चो क्या हो क्या
एकजनु आई फास् लाया मरिझाँदा छन्
घरम्मो केइ आच्छिन प खान लाउनाखी
थोक्काई कल्अरि रिसाया मरिझाँदा छन्
मलाई बाहिर हिट्न दिँदा न बोल्न दिँदा
आफू फर्किकन घर आया मरिझाँदा छन्
कैले त छोडिझाउ मान्दो क्याअर्नु धेक्या
रात पडि जून तारा उदाया मरिझाँदा छन् ।
( बझाङ्गी भाषा)
वि.सं.२०७७ पुस १८ शनिवार ०९:११ मा प्रकाशित





























