back
CTIZAN AD

कविता: एकता

वि.सं.२०७७ पुस १८ शनिवार

4.2K 

shares

नेपाली घरको जडान गतिलो माटो र ढुङ्गा कडा
कर्मी हात सिपालु मेहनतले नक्सा गरे आँकडा
वैरी अस्त्र प्रहार आक्रमणको पुग्दैन भो तागत !
सार्ह्रै वज्र छ भत्किदैन कहिल्यै नेपालको एकता

भित्तामा गतिलो लिपे लिउनले निर्माण पक्का गरे
तोड्ने आँट गरे विनाश बलको आफ्नै हुने हो हरे
चाहे प्राण परान हाल तर यो तोडिन्छ होला कता ?
सार्ह्रै वज्र छ भत्किदैन कहिल्यै नेपालको एकता

गोर्खा वीर पराक्रमी जनहरू संसार तर्साउने
झन्डा सैनिकको निशान नियमी वर्चस्व फैलाउने
पुर्खाको बलिदान यो मुलुकको सीमा सिला सभ्यता
सार्ह्रै वज्र छ भत्किदैन कहिल्यै नेपालको एकता

आए शत्रु विदेश देश परका यो देश खाऊँ भनी
भागे गर्जन वीरको गजवको सुन्दै डराए पनि
छाती पर्वतको हिमाल शिरमा छोराहरू रक्षक
सार्ह्रै वज्र छ भत्किदैन कहिल्यै नेपालको एकता

सारा गाँउ समाज देश जनता फुट्दै नफुट्ने बल
आमाको ममता सफेद पनको सन्तानमा निर्मल
जन्मौं जन्म अकाट्य एक मनको ढिक्का कतै फुट्छ त ?
सार्ह्रै वज्र छ भत्किदैन कहिल्यै नेपालको एकता

छन्दः शार्दूलविक्रीडित

वि.सं.२०७७ पुस १८ शनिवार ०९:१३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...