back
CTIZAN AD

पोखरा हस्तकला सङ्घका अध्यक्षमा खड्का

वि.सं.२०७७ पुस १९ आइतवार

1K 

shares

१९ पुष, पोखरा । कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएकी छिन् । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनीको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएकी हुन् ।

त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भएका छन् । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए ।

अधिकांश महिलालाई रोजगार दिन सफल यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिएर प्रबद्र्धनमा सघाउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दीपक श्रेष्ठले नेपाली हस्तकलाको सामग्रीको बजार व्यवस्थापन गरेर जान सके यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

उनले भने, “नेपाली हस्तकलाको माग बढ्दो छ तर यसको उचित बजार व्यवस्थापन हुनसकेको छैन । ” सङ्घका संस्थापक अध्यक्ष हीरा भट्टराईले दशकअघि कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गराएर संस्थाको स्थापना गरेको बताए ।
रासस

वि.सं.२०७७ पुस १९ आइतवार १३:०७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...