back
CTIZAN AD

आमा गुमाएको एकवर्ष पुगेको दिन ऋचाले लेखिन यस्तो भावुक स्टाटस

वि.सं.२०७७ पुस १९ आइतवार

1K 

shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्माले आफ्नी आमा गुमाएको एक वर्ष भएको दिन सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक स्टाटस पोस्ट गरेकी छन् ।
यस्तो छ उनको स्टाटस – “आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ— त्यो कुनो म बाँचुन्जेल कहिल्यै भरिनेछैन अब ।

आमा भनेका घर हुन् । त्यो घर, जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । जीवन दिनेहरू ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो । उहाँ गएपछि मेरो जीवनले ओत गुमायो । अर्थ गुमायो । मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ ।

उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य त छन् तर अर्थ र आत्मा छैन ।

आमा १ सन्तानहरू मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभर मेटिनेछैन। “

वि.सं.२०७७ पुस १९ आइतवार १३:१७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...