back
CTIZAN AD

माधवको ढाडमा टेकेर केपीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा – शंकर पोखरेल

वि.सं.२०७७ पुस २० सोमवार

861 

shares

पुस २०, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरुलाई सिध्याउन खोज्दा सडकमा पुगेको ओली समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलल टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिध्याउने प्रचण्डको रणनीति असफल भएको बताए ।

उनका अनुसार प्रचण्डले माधव कुमार नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनीति अख्तियार गरेका थिए । सोमबार चितवनमा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

पोखरेलले प्रचण्ड सडकमा पुगेपछि विदेशीको साहारा खोज्न थालेको पनि टिप्पणी गरेका छन् । ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ’, पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’

उनका अनुसार प्रचण्डका सबै हर्कतहरु असफल हुनेछन् । उनले आउने निर्वाचनमा प्रचण्ड चितवनबाट समेत उठ्न नसक्ने बताए ।

वि.सं.२०७७ पुस २० सोमवार १५:५९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...