back
CTIZAN AD

चेपाङ बालबालिका तथा समुदायहरुका लागि न्यानो कपडा वितरण

वि.सं.२०७७ पुस २१ मंगलवार

1.1K 

shares

२१ पुस, काठमाण्डौं । धादिङ्को बेनिघाट रोराङ गाउँपालिका ६, धुषा, दुङवाङको जलदेवि आधारभूत विद्यालयमा यहि साता विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

पौष १३ देखि १६ गतेसम्म उक्त विद्यालयका ७२ जना चेपाङ् बालबालिकाहरुलाई पोशाक तथा ६८ घरधुरी अविभावकहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

अति विपन्न वर्ग तथा पिछडिएका यी चेपाङ आदिवासीका बालबालिकाहरुको लागि निपेश ढाका फाउण्डेशन विगत ४ बर्षदेखि सामाजिक उत्थान सम्बन्धि अभियान गरिरहेको छ ।

मकवानपुर र चितवन जिल्लाको सिमानासँग जोडिएको धादिङ जिल्लाको यो दुङवाङ गाउँ पुथ्वीराजमार्गको धादिङ चरौदि बजारबाट करिब २५ कि.मि कच्ची सडक जिपको यात्रा र ३ घण्टा पहाडको भिरालो भागको पैदलयात्रापछि मात्र विधाङ गाउँ पुगिन्छ ।

कक्षा ३ सम्म संञ्चालनमा आईरहेको यस स्कुलमा ३ दरवन्दि रहेका छन् । यस स्कुलका सबै विद्यार्थी चेपाङ समुदायका रहेका छन् । यस गाउँका केटाकेटिहरुले मोटर गाडि, विजुली वत्ति समेत देखेका छैनन् । भिरालो भू–भागमा कृषि पेशा र मजदुरीबाट आफ्नो जिवकोपार्जन गर्ने यस चेपाङ गाउँमा स्वास्थ्य, पोषण र सरसफाई सम्बन्धि चेतनाको अभाव छ ।

Image may contain: one or more people, shoes and outdoor

गत बर्ष यहि संस्थामार्फत विद्यालयमा ४३ रंगिन टेलिभिजन, सोलार सिस्टम वत्ती पनि जडान गरिएको थियो । प्रेरणादायी, कथा, कार्टनु, गीत लगायत बालबालिकाहरुलाई मनोरञ्जन र शिक्षा प्रदान हुने खालका भिडियोहरु कक्षा कोठामा विद्यार्थीहरुले अहिले दैनिक रुपमा हेरिरहेका छन् । टिभिमा यसरी विभिन्न कार्यक्रम हेर्न पाउँदा अविभावकहरु बालबालिकाप्रति जिम्मेवारी र विद्यार्थीको पठनपाठनमा रुचि बढेको प्राचार्य गणेश श्रेष्ठ बताउँछन् । यस क्रियाकलापले विद्यार्थीको शैक्षिक तथा चेतना गुणस्तर पनि वृद्धि भएको उनले बताए ।

Image may contain: 5 people, including Greenery Nepal, people standing, mountain, outdoor and nature

संस्थाले हरेक बर्ष २ पटक साप्ताहिक कार्यक्रममा संचालन गर्दै आएको छ । जसमा विद्यालय सरसफाई, शिक्षण, सिकाईसँगै अविभावकहरुबीच पनि चेतनामुलक आदि रहेका छन् । विद्यार्थी तथा गाउँवासीलाई अति आवश्यक औषधीको व्यवस्थापन, स्वास्थ्य, कृषि विउविजन तथा अन्य चेतनामुलक सम्बन्धि कार्यक्रम यस संस्थाले गर्दै आएको छ ।

‘दिएर मात्र हुँदैन उनीहरुलाई सामाजिक रुपमा जागरुक बनाउनु पर्दछ’ भन्ने उद्धेश्य अनुरुप राष्ट्रव्यापी रुपमा संञ्चालन भईरहको हरियाली नेपाल अभियानमार्फत यस गाउँका बालबालिका र अविभावकहरुको सामाजिक उत्थान गरिरहको अभियन्ता निपेश ढाका बताउछन् ।

Image may contain: 9 people, people sitting, child and outdoor

आफ्नो परिवारले चाडवाडमा, समारोह, पार्टि तथा अन्य ठाउँमा गर्ने फजुल खर्च संकलन गरेको रकमले यो जलदेवि स्कुललाई सहयोग गर्दै आएको ढाका बताउँछन् । चौथो पटक आएका नौ बर्षिय निस्पल अधिकारी पनि सबै विद्यार्थी र अविभावकसँग राम्रो परिचय बनाईसकेका छन् । भविष्यमा पनि यी विपन्न समुदायलाई सामाजिक क्षेत्रमा अगाडि बढाउने खालका अभियानहरुलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

Image may contain: one or more people, people standing, sky and outdoor

वि.सं.२०७७ पुस २१ मंगलवार १२:३९ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...