back
CTIZAN AD

शेयर कारोवारको राफसाफ अबदेखि दुई दिनमा नै

वि.सं.२०७७ पुस २४ शुक्रवार

867 

shares

२४ पुस, काठमाडौं । शेयर कारोवारको नियामक निकाय धितो पत्र बोर्डले टि प्लसटु प्रणालीबाट शेयरको फछ्यौँट तथा राफसाफ गर्ने प्रकृया अगाडी बडाएको जनाएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा शेयरको राफसाफ तथा फछ्यौँट प्रणालीलाई सुधार गर्दै टि प्लस थ्री बाट टि  प्लस टु मा लैजाने जनाएको थियो ।

यस अन्तरगत अब देखि सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडले शेयर कारोवारको राफसाफ दुईदिनमा गरिसक्नु पर्ने छ । यसअघि यो कार्य सम्पन्न गर्न तीन दिन लगाउने गरिएको थियो ।

अन्तराष्ट्रिय रुपमा पनि क्लियरिङ्गको काम टि प्लस टु प्रणाली अन्तरगत दुईदिनमा नै हुदै आएको छ ।

यो प्रक्रियाको सुरुवात भएपछि शेयरको राफसाफ छिटो हुने कारणले गर्दा तरलतामा बृद्धिहुन गई बजार गतिशिल हुने विश्वास लिईएको तथा लगानीकर्ताहरुलाई थप लगानीको अवसर प्राप्त हुने विश्वास लिएको बोर्ड द्धारा जारी विज्ञप्तिमा जानकारी दिएको छ ।

के हो टि प्लस प्रणाली
सामान्य तया शेयर कारोवार गर्दा शेयर कारोवार गर्ने मध्यस्थ्तकर्ताले लगाउने समाया अवधिमा टि संकेत प्रयोग गरिन्छ ।

प्रचलन अनुसार टि प्लस वन, टि प्लस टु, तथा टि प्लस थ्रीको प्रयोग गरिन्छ । यसको अर्थहुन्छ कारोवार गरेको एक या दुई या तीनदिनमा शेयरको क्लियरिङ तथा राफसाफ गर्नु । बढ्दो प्रविधिको प्रयोगले गर्दा अन्तराष्ट्रिय रुपमानै शेयरको क्लियरिङ तथा राफसाफको समया अवधि दुई दिनमा झारिएको छ ।

यसअघि यो समय अवधि तीन दिनको हुने गर्दथ्यो । तर, सेटलमेन्टमा हुने विभिध समश्याका कारण क्लियरिङ तथा राफसाफ एकदिनमा चाहि गर्न नसकिने जानकारहरुको भनाई छ ।

 

 

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:५५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...