back
CTIZAN AD

सिंहदरबारसमेत नजाने ओली पार्टी विभाजन पछि देश दौडाहामा

वि.सं.२०७७ पुस २४ शुक्रवार

1.1K 

shares

पुस २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत ९ महिनादेखि सिंहदरबारमै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएका छैनन् । उनले मन्त्रिपरिषदका बैठक तथा कामहरु पनि प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्दै आएका छन् ।

सरकारी सम्पत्तीको दुरुपयोग भएको भन्दै निरन्तर आलोचना भए पनि उनले पार्टीगत बैठकहरु समेत प्रधानमन्त्री निवासबाटै गर्दै आएका छन् । एकिकृत अवस्थामा रहेकै बेला नेकपाको अधिकांश सचिवालय तथा स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवासमै हुने गरेको थियो ।

पेरिसडाँडा मात्रै होइन् धुम्बाराही पनि जाँदैनथ्ये ओली

पार्टी विभाजनपूर्वका नेकपाका अधिकांश बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा नै भएका थिए । पार्टी कार्यालयमा हुने एकाध बैठकहरु भने पूर्वएमालेको कार्यालय धुम्बाराहीमा भएका थिए । पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा भने पार्टीको बैठक २ पटक मात्रै भएको छ ।

तर, प्रधानमन्त्री ओली पार्टी एकिकृत रहेकै बेला दुवै पार्टी कार्यालयमा हुने बैठकमा भने अक्सर उपस्थित भएनन् । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी एकतापश्चात ओली दुई पटक मात्रै पुगेको रेकर्ड छ ।

पार्टी विभाजनपूर्व पार्टी कार्यालय धुम्बाराहीमा गत मंसिर २१ मा बसेको स्थायी समिति बैठकमा पनि उनले स्वास्थ्य र असुरक्षा देखाउँदै जान अस्वीकार गरेका थिए । जुन बैठकमा ओलीले पत्रमार्फत आफ्नो अनुपस्थितिबारे कारण खुलाएका थिए ।

पार्टी विभाजनपश्चात भने देश दौडाहामा

पार्टी विभाजनलगत्तै ओली पक्षीय नेकपाको भेला तथा बैठकहरु निरन्तर भईरहेका छन् । काठमाडौंमा भएका अधिकांश कार्यक्रममा ओली उपस्थित छन् । ओली पक्षीय नेकपाको प्रज्ञामा भएको भेला र कार्की ब्यांक्वेटमा भएको भेलामा ओलीले सम्बोधन गरेका थिए ।

काठमाडौंमा मात्रै सीमित देखिएका ओली शुक्रबारबाट भने देश दौडाहामै निस्किएका छन् । शुक्रबार उनी आफुँ पक्षीय समुहको सुदुरपश्चिम भेलालाई सम्बोधन गर्न धनगढी पुगेका थिए ।

ओलीले पक्षले जनाएअनुसार ओलीको धनगढी कार्यक्रम सुरुवात हो । अब ओली देशका अन्य ठाउँमा हुने सभालाई पनि सम्बोधन गर्न जानेछन् ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १८:२९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...