back
CTIZAN AD

कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै, कुन नेता कहाँ पुग्दैछन् ?

वि.सं.२०७७ पुस २५ शनिवार

729 

shares

२५ पुष, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज एकैसाथ ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा ठाउँमा प्रदर्शन गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले दोस्रो चरणमा प्रदेशमा विरोध प्रदर्शन गर्न लागेको हो ।

पुस १९ गतेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ स्थानीय तह र सबै वडा तहमा कार्यक्रम तय गरेको थियो। सोही अनुसार कांग्रेसले शनिबार प्रदेश निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम गर्न लागेको हो। कांग्रेसले विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ।

कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ?
आजको विरोधसभालाई सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गर्ने छन्। सभापति देउवाले काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठलाई सम्बोधन गर्नेछन् ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

यस्तै,

  •  पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले आफ्नै निर्वाचन क्षेत्र (क्षेत्र नम्बर ४) काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रम,
  • – क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत,
  • – काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई,
    -सो क्षेत्रको प्रदेश ‘ख’ को सभामा नेतृ डा. डिला संग्रौलाले,
  • क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नवीन्द्रराज जोशी,
    क्षेत्र नम्बर ९ को दुवै प्रदेशसभाका क्षेत्रमा नेता ध्यानगोविन्द रञ्जित,
    क्षेत्र नम्बर १० का दुवै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले प्रर्दशनको नेतृत्व गर्नेछन् ।

यसैबीच कांग्रेसले पुस २७ गतेसम्मका लागि स्थगित गरेको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारेको छ। माघ ६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:२१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...