back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ पुस २५ शनिवार

783 

shares

१.
मिठा भाषणको बाढी,भेल चल्छ यहाँ
अरुलाई खसाल्ने जालझेल चल्छ यहाँ
यस्तो तालले देश उँभो लाग्छ खै कसरी
जव रेल चल्ने बेलामा खेल चल्छ यहाँ ।
२.
यादहरु आउँछन अनि जगाई रहन्छन्
कल्पनामा आई मलाई डगाई रहन्छन्
चोट के हो नजिकबाट सिकाउन होला
बेला बेला दुईचार घाउ लगाई रहन्छन् ।
३.
कहाँसम्म छ बश्त्र,भेषको सिमा कोहि बुझ्दैनन्
महत्व के को छ यो जिन्दगीमा कोहि बुझ्दैनन्
दिनै पिच्छे सडक छेउमा फिजाएर बस्दा पनि
शीरको शोभा टोपीको महिमा कोहि बुझ्दैनन् ।
४.
भव्य शान कहाँ बाट जमाउनु भो हजुर ?
कुन ठाउँको गाडधन समाउनु भो हजुर ?
पैत्रिक जेथा खासै भको हैन भन्छन चिन्ने
महल, सवारी कहाँ बाट कमाउनु भो हजुर ?
५.
बाटो छेक्ने कुरा नगर मरीहाल्छु म
प्रितमा सेक्ने कुरा नगर मरीहाल्छु म
तिमीलाई राख्न छाति नै काफी होला,
मुटुमा टेक्ने कुरा नगर मरीहाल्छु म ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:१६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...