back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ पुस २५ शनिवार

1.6K 

shares

(१)
हेर्दै जाऊ तिम्रो घमण्ड एकदिन चकनाचुर हुने छ
दाग लागेपछि देखाउन नमिल्ने कुरुप नूर हुने छ
ए अन्धो शासक यस्तै पारा हो भने भोलिका दिन
तिम्रा महत्वाकांक्षाहरू हजारौं माइल दूर हुने छ ।

(२)

मलाई बिर्सिएर पराइको हात समाउनु प्यारी
मनमा माया भए पनि उतैतिर रमाउनु प्यारी
विगतको क्षण सम्झिएर किन सधैं दुखी हुनु,
भो अबदेखि राम्रोसँग घरजम जमाउनु प्यारी ।

(३)

राम्रो नराम्रो न छुटाएर सुगाले झैं घोक्छन
हुँदै नभएको कुरा हेरौं कति दिन खोक्छन
गनाएर बाटोमा हिड्न पनि गा¥हो हुने भो,
नामर्द भक्तहरूले अझै काँधमाथि बोक्छन् ।

(४)

मान्छे हो कहिलेकाही भूल हुन सक्छ
खोज्दै गए मरुभूमिमा मूल हुन सक्छ
पाएँ भन्दैमा प्वाक्क नबोल्नु महासय,
त्यही वचन मुटु छेड्ने शूल हुन सक्छ ।
(५)

जूनलाई छोएर चित्त बुझ्छ भने छुनु तिमी
रोएर मनमा शान्ति मिल्छ भने रुनु तिमी
सँगै मर्ने सँगै जिउने बाचाबन्धन बिर्सिएर,
अहिले छुटिंदा खुसी हुन्छौं भने हुनु तिमी ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:१५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...