back
CTIZAN AD

कथा: बिझाउने फोन

वि.सं.२०७७ पुस २५ शनिवार

870 

shares

एकाबिहानै फेसबुक खोलेर ठ्याक ठ्याक कोट्टाई रहेको थिए । पर भान्सा कोठाबाट फतफताउदै छेउमा आइपुगिन् मेरी अन्तरी हातमा तातो नुन बिनाको एक कप चिया लिएर । म चाहिं चिया थापेर फेसबुक तिर नै खै के खै के खोजिरहेका थिए । उसलाई एकैपटक पनि नहेरिकन ।

मेरो चुपचाप भङ्ग पार्दै उसले भन्दै रहेछिन्–’औ ! कान्छा फोनमा गफगर्नु र फेसबुक भनेपछि कति साह्रै तिमी त हगी ? छेउमा उभिएकी स्वास्नीसम्म पुलुक्क पनि नहेर्ने कति बिजी हौ । तिमी त ! काम नै भयो तिम्रो कि छ हौ तिम्रो पनि अर्कै…?’ चट्याङ भेटे जस्तो लाग्यो म आफैलाई अन्तरीको शंकालु त्यो शब्द प्रहारले । ललाक लुलुक परेछु । पसिना पसिना भएछु । मुटुको ढुकढुकी पनि तेज भएछ । हंस उड़ेछ क्यार । उतिबेला के भनौं के भनौं भई आत्तिएछु पनि । उसैको मनराख्नको लागिनै मैल उत्तर दिने चेष्टा गरे ‘हैन हौ ! अन्तरी फेसबुकमा कतिले फ्रेन्ड रिक्वेस्ट पठाउँछ आफ्नै प्रोफाइल लक गरेर । कसैले आफ्नै प्रोफाइलमा फोटो नराखी रिक्वेस्ट पठाउँछ भने कतिपयले चाहिं डरैलाग्दो नाम राखेर फ्रेन्ड रिक्वेस्ट पठाउँछ । अब बिना परिचय कसरी उनिहरूसंग मित्रता बढाउनु हौ ? यस्तालाई लिस्टबाट डिलिट गरिदिएको पो त । तिमी चाहि एकबिहानै कुरै नबुझी निहुँ मात्रै खोज्छौं हगी ?’

उसलाई मेरो प्रतिउत्तरले सन्तुष्ट लागेर हो वा नलागेर अथवा कुरा बुझेर हो कि । नबुझी उसले भन्दै थिइन्–‘सब ठिकै छ कान्छा । तर मलाई चाहि डिलिट नगर्नु नि फेरि..’ यति भनिवरी उ चाहिँ मुसुमुसु हाँस्दै गईन् भान्सा कोठातिरै । म अवक्क परी हेरिरहन्छु । उ गएको दिशातिर नै निरान्तर…।

उ गइसकेपछि सोंच्छु आज त झूठनै बिजय बनेको छ कान्छा । अब भोलि,पर्सी, निकोपर्सी थुप्रै दिनहरू कसरी कटाउँछस् हाँ । एकदिन न एकदिन तेरो झूठ पक्राउ होला । तब के गर्छस् ? उफ्रेर जा त अघि पहाड़ छ । नजा त पहाड़ मुनी सुन्दर सुनाखरी फूल छ । अब तैले घर बचाउछस् कि घर बसाउछस् । सोच कान्छा सोच भन्दै एक्लै फतफताउदै फोन तिर आँखा घुमाउँछु । धन्न फोन पहिलै स्वीच अफ भईसकेको रहेछ ।

एकातिर अन्तरीको सोझोपन अर्को तिर फेसबुके प्रेमले छटपटीएको म मान्छे केही समयपछि भान्सा कोठातिरै चिहाउछु बिचारी अन्तरी चिसो चुल्हामा आगो फुक्दै थिईन् उसकै धुनमा ।

मलाई चाहिँ आफ्नै कुकर्मले होला शायद चार इन्चको फोनले पक्कै बिझाइरहेको थियो । धन्न बिगार नास हुनबाट चाहिं जोगिएछु । उतिबेला भने मज्जाले चेतनाको लामो सुस्केरा छोडेÞेर होस् गर कान्छा होस् गर भन्दै मुखमा ठुट्टे बिड़ी सल्काएर पाईखाना भित्र स्वाट्ट पसे ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:१३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...