back
CTIZAN AD

गजल

वि.सं.२०७७ पुस २५ शनिवार

840 

shares

यो देशमा त क्रान्ति पनि संघारमा पुगेर फर्किन्छ,
बिडम्वनानै भनौ मैदानमा हतारमा पुगेर फर्किन्छ ।

हो जनताको चाहाना आमूल परिवर्तन गर्ने नै हो,
तर उग्रबामपन्थी बिचारकै सारमा पुगेर फर्किन्छ ।

मर्नेहरु त यही देश र जनताका लागिनै मरेर गए,
तर क्रान्ती अवसरवादी ब्यवहारमा पुगेर फर्किन्छ ।

कयौँ पटक अभ्यास भए पनि गन्तब्य हिन भयो,
राँको बालेर हिँडेपनि त्यो दमारमा पुगेर फर्किन्छ ।

टाउका मा कात्रो मनमा सपना बोकेर शहिद हुँदा,
के थाहा अवसरवादी मझधारमा पुगेर फर्किन्छ ।

चोखो क्रान्तिकारी आन्दोलनपनि कहिले कसोत,
अवसरवादीहरुको त्यही ब्यापारमा पुगेर फर्किन्छ ।

कयौँ बर्ष आएगए दन्ते गफाडीहरु हेर्दा हेर्दै सेते ले,
दन्केको क्रान्ति ज्वाला नि वेकारमा पुगेर फर्किन्छ ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:११ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...