back
CTIZAN AD

कविता: फर्केर आऊ युवा

वि.सं.२०७७ पुस २५ शनिवार

2K 

shares

उकाली र ओरालीका
भञ्ज्याङ अनि चौतारीका
रोईरहेछन् आज वर पिपल
बाँसुरीका धूनहरु
आँगनीका फूलहरु ओलाई रहेछन्
मेराबन्धुबान्धव बिना,
सूईय सुस्केरा हाल्दैछिन झरना
वियोग वेदनामा संगी साथीको ।

कहिले आउँछौ मेरा दाजै ?
मखमली फूल सप्तरङ्गी टीका लाउन ?
बाँझा खेत गराहरुमा तारे र माले दाउन
पाती र सिस्नो फुल्दैछन्
धान झुल्ने गैरी खेतहरुमा ।

जल्दाबल्दा युवाहरु पलायन भएर
आज देश फिका भैरहेछ
रोईरहेछन् चुहिने बलेनीभित्र
वृद्ध बा आमाहरु ।

चुटाल्नुछ भ्रष्टाचारका लहराहरु
मेची कालीलाई देशैभरि फिजाएर छर्नुछ
अन्ध्यारो गरिब झोपडीहरुमा
यहाँ उज्यालो कुलमान बन्नुछ
सदियौँ देखिको वनमारालाई
उखेलेर फाल्नुछ
तिम्रा बलिष्ठ पाखुरीहरुले ।

हजारौँ सपनाहरु मुर्झाउँदैछन्
सिँचाई बिनाका बाली जस्तै,
कुनै गन्तव्य बिनाको यात्री जस्तै,
निरुद्देश्य चलिरहेछन् यात्रा सधैँसधैँ ।

आऊ, अब दाजुभाइ दिदी बहिनीहरु
तिहारका मालासँगै एकाकार भएर
आमालाई हँसाउन,
राष्ट्रिय स्वाभिमान बचाउन,
सधैभरि गुलाम बन्नु छैन अर्काको
आफ्नै भिर पखेरामा
थरिथरि गुराँस फुलाउनु छ
युवा जोश जाँगरलाई
स्वदेशमै मौलाउन दिनुछ ।

चुटाल्नुछ भ्रष्टाचारका लहराहरु
मेची कालीलाई देशैभरि फिजाएर छर्नुछ
अन्ध्यारो गरिब झोपडीहरुमा
यहाँ उज्यालो कुलमान बन्नुछ
सदियौँ देखिको वनमारालाई
उखेलेर फाल्नुछ
तिम्रा बलिष्ठ पाखुरीहरुले ।

टारिखेतहरुका वालुवामा
मल माटो थप्नुछ
नेपाल आमालाई हराभरा बनाएर
सुनौलो बिहानी ल्याउनुछ
वीर गोर्खालीको स्वाभिमान बचाउन
सगरमाथालाई उठाउन
आऊ ! अब छिट्टै फर्केर स्वदेश आऊ ।

फर्केर आउ युवा,
बिहानीको भालेले डाकिरहेछ,
आफ्नै रारा फेवाले सम्झिरहेछ
आफ्नै देश र माटो सम्झेर आउ
आमा र बुबा सम्झेर आउ
पशुपतिलाई सम्झेर आऊ ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:१० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...