back
CTIZAN AD

‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

वि.सं.२०७७ पुस २५ शनिवार

747 

shares

२५ पुष, काडमाडौँ । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ आजदेखि बजारमा आएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरुपमा सो पुस्तकको विमोचन गरे । ‘साहसले डो¥याएको जिन्दगी’ उपशीर्षक रहेको उक्त पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरेजीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै उनले भने, “काठमाडौँमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।”

शताब्दीपुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढङ्गले वर्णन गरिएको बताए । राजदूत लेजेले फ्रान्स–नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गरेका भूमिका अतुलनीय रहेको बताए । उनले नेपाल–फ्रान्स व्यापार प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा सराहना गरे । पर्यटन उद्यमी शाक्यले श्रेष्ठसँगका युवावयका अनुभवबारे चर्चा गर्दै पर्यटन उद्योगको विकासमा पनि लेखक श्रेष्ठको भूमिका प्रशंसनीय रहेको बताए ।

वि.सं.२०७७ पुस २५ शनिवार १६:२० मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...