back
CTIZAN AD

जापानमा पछिल्लो २४ घण्टामा कोरोनाबाट सात हजारभन्दा बढी सङ्क्रमित

वि.सं.२०७७ पुस २५ शनिवार

738 

shares

२५ पुस, टोकियो । जापानमा विगत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

जापानमा अहिलेसम्म कोभिड-१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड-१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ ।

महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो ।

राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार बढी पुगेको छ ।

जापानको खास गरी शहरी क्षेत्रमा सङ्क्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहिबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन् । सिन्ह्वा

वि.सं.२०७७ पुस २५ शनिवार २०:१३ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...