२६ पु्स, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयम्सेविको विवरणको माग गरेको छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा प्रत्यक्ष खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्था लगायत सबै प्रकारका सबै तहका अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्कर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुको हालको अध्यावधिक विवरणको माग गरेको हो ।
मन्त्रालयले पहिलो चरणको खोप लगाउने प्रयोजनका लागि छिटो माध्यम इमेल ठेगनामा उक्त विवरण पठाउन अनुरोध गरेको हो ।

वि.सं.२०७७ पुस २६ आइतवार १६:१९ मा प्रकाशित






























