back
CTIZAN AD

के छ प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगलाई लेखेको पत्रमा ?

वि.सं.२०७७ पुस २७ सोमवार

717 

shares

पुस २७, काठमाडौं । विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल स्वंय नै निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् । सोमबार अध्यक्षद्वयसहित प्रचण्ड–नेपाल पक्षका केहि नेता निर्वाचन आयोग पुगेका थिए ।

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा निर्वाचन प्रक्रिया रोक्न पत्र नै बुझाएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन रहेकै अवस्थामा निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेकपाले आपत्तिसहित पत्र बुझाएको हो ।

“उपरोक्त सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले परिकल्पना नगरेको अवस्थामा प्रतिनिधिसभा गैरसंवैधानिक ढंगबाट विघटनको सिफारिस गरी राष्ट्रपतिबाट २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा भएको उक्त सिफारिस र विघटनको घोषणालाई बदर गरी पाउन सर्वोच्च अदालतमा हाम्रो पार्टीको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतकका रूपमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य देव गुरुङसमेतले सम्माननीय प्रधानमन्त्रीसमेतका विरुद्धमा उत्प्रेषण परमादेशसमेतको आदेश जारी गरी पाऊँ भन्ने निवेदन पत्र दर्ता गर्नुभई हाल उक्त मुद्दा सम्मानित सवोच्च अदालतमा विचाराधीन अवस्थामा छ,” प्रचण्ड नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा भनिएको छ ।

यस्तो छ प्रचण्ड–नेपाल समुहले आयोगमा बुझाएको पत्र

वि.सं.२०७७ पुस २७ सोमवार १७:३१ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...