back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ संसदलाई पदबाट निलम्बनको घोषणा

वि.सं.२०७७ पुस २७ सोमवार

738 

shares

२७ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितआठ जना सांसदलाई पदबाट निलम्बन गरेको घोषणा गरेको छ ।

प्रचण्ड माधव समूहले मुख्यमन्त्री राईसहित आठ जना सांसदलाई ३ महिनाका लागि निलम्बनको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गर्दै पत्र पठाएको छ ।

मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ।

दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा प्रदेशसभालाई सिफारिस गरि पठाइएको पत्रमा उल्लेख छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र एउटा समूहले अर्को समूहलाई हटाउने र कार्वाहि भएका छन् । यसैक्रममा मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो। पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।

 

वि.सं.२०७७ पुस २७ सोमवार २१:३४ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...