back
CTIZAN AD

सांसद बानियाले भने-भगौडाहरुको पछि नलाग्नुस् फर्कनुहोस् माफी दिन्छौ

वि.सं.२०७७ पुस २७ सोमवार

960 

shares

२७ पुस, मुगु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षधर मुगुका प्रतिनिधिसभा सांसद एबम् केन्द्रीय सदस्य मोहन बानियाँले ताजा जनादेश स्वीकार्न नसकि पार्टीबाट भागेर सडकमा गएका भगौडाहरुको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार मुगुको सदरमुकाम गमगढीमा प्रधानमन्त्री ओली समुहले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद बानियाँले अहिलेको ताजा जनादेश निर्बाचनमा जानुको बिकल्प नभएको बताए ।

प्रधानमन्त्रीले मिति तोकिसकेको अवस्थामा आगामी बैशाख १७ र २७ गते अनिबार्य निर्बाचन हुने भन्दै सांसद बानियाँले त्यसको लागि कार्यक्रम बनाइ जनताको मन जित्न गाउँ–गाउँमा जान आग्रह समेत गरेका छन् । न्यायालयले पनि सरकारबिरुद्ध फैसला नगर्ने बानियाँको दावी थियो ।

जनतादेखि डराएर सडकमा उत्रनेहरुको हित नहुने बताउँदै सांसद बानियाँले भने–‘प्रचण्ड–माधव–झलनाथले गुटबन्दी गरि आफनै पार्टीका प्रधानमन्त्रीलाई कामगर्न अप्ठेरोमा पारेको र संसदमा बिधेक पास हुन नदिएपछि बाध्य भएर प्रधानमन्त्री ओलीले ताजा जनादेश रोज्नु परेको हो ।’

सम्बोधनका क्रममा मुगु जिल्लाका माधव–प्रचण्ड पक्षका नेतालाई लक्षित गर्दै सांसद बानियाँले भने– ‘भागेर अलपत्र नपर्नुस् बरु यता फर्किनु माफी दिउला ।’
गाउँदेखि बाजागाजा सहित आएको जुलुसमा सांसद बानियाँ आफै नाचेर कार्यकर्तालाई झन उत्साह थपेको देखिन्थ्यो ।

सम्बोधनका क्रममा अधिकांश बक्ताले राष्ट्रको नायक ओली हुन र उनले गरेको निर्णय सहि भएको भन्दै जनताले पनि ताजा जनादेश चाहेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सांसद दानसिह परियारले तोकिएकै समयभित्र निर्बाचन हुने हुनाले त्यसकसा लागि कार्यकर्ताहरु जुटेर लाग्नुपर्ने बताए । निर्बाचन देखि डराएर सडक रोज्नेलाई जनताले सजाय दिने पनि सांसद परियारको भनाई थियो ।

प्र्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सहि भएको भन्दै मुगुमा बृहत अगुवा कार्यकर्ता भेला गरि शक्ति प्रर्दशन गरिएको केन्द्रीय सदस्य सोनाम छेजुङ लामाको भनाई छ । पार्टी फुटाएर भाग्नेहरुको भलो नहुने पनि उनले बताइन् ।

अगुवा कार्यक्रता भेलाको कार्यक्रममा मुगु जिल्लाका चारवटै स्थानीयतहबाट उत्साहजनक बाँजागाँजा सहित झण्डा फहराउँदै नारा लगाउदै कार्यक्रताहरु सहभागी भएका थिए ।

भेलामा ओलीपक्षका केन्द्रीय सदस्यहरु उब्जन शाही सोनाम छेजु लामा, सोनामा लामा, जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकाया, युवा नेता डम्बर रावल नगरपालिका वडान २ का युवा वडाअध्यक्ष परेक राज चौलागाईँ, नगरपालिका उपप्रमुख सुन्तला रोकाया लगायतको सहभागिता रहेको थियो ।
बृहत्त कार्यकर्ता भेलामा सहभागीहरुले ‘आज होईन भोलीलाई दशबर्ष ओलीलाई’ भन्ने मुख्य नारा लगाएका थिए ।

स्मरण रहोस् गमगढीमा पुस १४ गते प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीले गरेको संसद बिघटन बिरुद्ध बिरोध प्रर्दशन गरेका थिए ।

वि.सं.२०७७ पुस २७ सोमवार २०:१८ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...