back
CTIZAN AD

तरुण दलवाट ५० जना युवाहरुको प्रवेश गराउंदै युवा संघको भेला सप्पन्न

वि.सं.२०७७ पुस २७ सोमवार

1.3K 

shares

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली निकट राष्ट्रिय युवा संघ स्याङ्जाले नेपाल तरुण दलका ५० जना कार्यकर्ता प्रवेश गराउंदै जिल्ला भेला सम्पन्न गरेको छ ।

खानेपानी मन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य मणि थापाको प्रमुख आतिथ्यतामा सयौं युवाहरुको सहभागितामा आज आइतबार युवा संघ स्याङ्जाले भेला सम्पन्न गरेको हो । संघको जिल्ला भेलाले पारस सेन संयोजक र किसान श्रेष्ठ सह-संयोजक रहने गरि सदस्यीय जिल्ला समितिको पुर्नगठन गरेको छ । भेलाको क्रममा नेपाल तरुण दल वालिङ नगर स्तरीय संगठनमा आवद्ध ५० जना युवाहरु प्रवेश गरेको संघका केन्द्रिय बिभागिय सदस्य शिबु रानाले सन्सारन्युजलाई बताए ।

भेलामा कृषि तथा पशुपंक्षी विकास मन्त्री तथा पार्टी केन्द्रिय सदस्य पद्माकुमारी अर्याल, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) पार्टी केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सह-संयोजक रमेश पौडेल, पार्टी केन्द्रिय सदस्य किशोर बिक्रम मल्ल र युवा संघका नेता भरत गोदार लगाएतले मन्तव्य राखेका थिए ।

भेला पारस सेनको सभापतित्व र अशोक शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ पुस २७ सोमवार १८:४२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...