back
CTIZAN AD

निर्वाचनको तयारीमा लागेको भन्दै तीनै सुरक्षा निकायद्वारा विभिन्न सामग्रीको माग

वि.सं.२०७७ पुस २९ बुधवार

783 

shares

२९ पुष, काठमाडौँ । प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले सरकारले घोषणा गरेको १७ र २७ वैशाखको निर्वाचनका लागि आन्तरिक छलफल र तयारी शुरु गरेका हुन् ।

तीनै सुरक्षा अंगले कोरोना महामारीलसमेत ध्यानमा राखेर सुरक्षा योजना बनाउने बारे छलफल गरिरहेका छन् । नेपाली सेनाले निर्वाचनको तयारीका सन्दर्भमा सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्घ रहने बताएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनदेखि सञ्चार साधन र बन्दोबस्तीका सामग्री माग गरेको छ ।

सुरक्षा निकायले आआफ्ना तवरबाट निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजना र रणनीति बनाउन आन्तरिक छलफल गरिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको नेतृत्वले गृहमन्त्री रामबहादुर थापासहित अर्थमन्त्री विष्णु पौडेललाई आवश्यक पर्ने स्रोत तथा साधनका विषयमा जानकारी समेत गराइसकेको बुधबारको राजधानी दैनिकमा समाचार छ ।

सो क्रममा नेपाल प्रहरीका तर्फबाट २०७४ सालमा सम्पन्न निर्वाचनको अनुभवलाई आधार मानेर सवारी साधनदेखि बन्दोबस्तीका सामग्रीमा कमी महसुस भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन गरिसकेपछि आवश्यक पर्ने म्यादी प्रहरीको संख्या निर्धारण गर्न सकिने विषयमा छलफल भएको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १२:१३ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...