back
CTIZAN AD

मेरो माइक्रोफाइनान्सको बोनस पारित

वि.सं.२०७७ पुस २९ बुधवार

756 

shares

२९ पौष, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनस शेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।

यसैगरि, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्बिरोध चयन गरेको छ ।

९ वटा प्रबर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरका अनुसार संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात १ अर्ब कायम भएको उनले बताए ।

वि.सं.२०७७ पुस २९ बुधवार १०:४५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...