back
CTIZAN AD

आन्दोलनका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रचण्ड–माधव समूहको निर्णय

वि.सं.२०७७ माघ १ बिहीवार

705 

shares

१ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने निर्णयका साथ सकिएको छ ।

पेरिसडाँडामा बिहीबार बसेको बैठक स्थायी कमिटी बैठक पुनः शुक्रबार बस्ने गरी सकिएको हाे ।

बैठकले संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकाल्दै आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने जनाएको छ ।

नेता रघुजी पन्तका अनुसार अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पौष २२ गते देखि माघ २३ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड माधव समूहले माघ २३ गते राजधानीमा बृहद् विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले आन्दोलनका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव राखेको भुसालले बताए । तर, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने निर्णय भइनसकेको उनले बताए ।

बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन समेत पेस गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । उक्त प्रतिवेदन र आन्दोलनका कार्यक्रमबारे शुक्रबार बस्ने बैठकमा थप छलफल हुने बताइएको छ।

वि.सं.२०७७ माघ १ बिहीवार २०:२४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...