back
CTIZAN AD

चीनप्रति ट्रम्प आक्रामक, अन्तिम समय ९ कम्पनीमाथि लगाए प्रतिबन्ध

वि.सं.२०७७ माघ २ शुक्रवार

837 

shares

माघ २, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल मात्रै पाँच दिन बाँकी छ । तर, उनले अन्तिम समयमा निकै महत्वपूर्णं निर्णयहरु गर्न सुरु गरेका छन् ।

ट्रम्पले बिहिबार राती चिनियाँ ९ कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार चिनियाँ मोबाइल तथा इलेक्ट्रोनिक्स कम्पनी श्याओमीलगायत ९ कम्पनीमाथि प्रतिबन्ध लगाएका हुन् ।

यसअघि ट्रम्पले ३९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए । चिनियाँ कम्पनीबाट अमेरिकामा सुरक्षा खतरा रहेको बताउँदै उनले प्रतिबन्धको निर्णय गरेका हुन् ।

ट्रम्पको घोषणाबाट चीन समस्यामा

ट्रम्पले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध मात्रै नलगाईन अमेरिकी लगानीकर्तालाई लगानी गर्न पनि रोक लगाईदिएका छन् । जनाइएअनुसार उनको निर्णयसँगै अब अन्य चिनियाँ कम्पनीलाई अमेरिकामा व्यापार व्यवसाय गर्न समस्या सिर्जना भएको छ । अमेरिकी व्यवसायीको सहयोग बिना प्रतिबन्ध नलगाइएका कम्पनीलाई पनि ट्रम्पको निर्णयसँगै कारोबार गर्न मुश्किल परेको छ ।

ट्रम्पको यो निर्णयसँगै चीन थप समस्यामा परेको स्पष्ट हुन्छ ।

ट्रम्पको निर्णयप्रति बाइडेन मौन

पाँच दिन कार्यकाल बाँकी रहेका बेला ट्रम्पले गरेको यस्तो निर्णयप्रति नयाँ राष्ट्रपति जो बाइडेन भने मौन देखिएका छन् । उनले ट्रम्पको कदमप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।

हुनत बाइडेन स्वंय पनि चीन प्रति व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए । उनले अमेरिकालाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनुपर्ने चुनावी नारा दिएका थिए ।

वि.सं.२०७७ माघ २ शुक्रवार १४:४४ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...