back
CTIZAN AD

आयआर्जनमा सहयोगी बन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

वि.सं.२०७७ माघ ३ शनिवार

795 

shares

३ माघ, बाँके । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा बेरोजगार नागरिकको आयआर्जनमा सहयोगी बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न भएका गार्मेन्ट निर्माण, नेतृत्व विकास तथा प्रस्तावना लेखन, विद्युत् वायरिङलगायतका सीपमूलक तालीमबाट ग्रामीण क्षेत्रका नागरिकको आयआर्जन र रोजगारीमा सहयोग पुगेको छ ।

जिल्लाको राप्तीसोनारी, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र खजुरा गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ग्रामीण नागरिकका पक्षमा क्षमता विकास, आयआर्जन र जीवनयापन सहज बनाउनका सहयोगी देखिएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिए ।

“लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले ग्रामीण नागरिकको आयआर्जन र रोजगारीमा प्रत्यक्षरुपमा सहयोग पुगेको छ”, उनले भने, “बेरोजगार नागरिकलाई क्षमता विकास र आयआर्जन बढाउन यो कार्यक्रम कोसेढुङ्गा सावित भएको छ ।”
उनले कार्यक्रम सञ्चालन तथा छनोटका लागि भएका प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै तालीममा सिकेको सीपलाई आयआर्जनका लागि पेशा सञ्चालनमा समेत समन्वय गर्नसके कार्यक्रम अझ प्रभावकारी हुने बताए ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले माग र आवश्यकताका आधारमा कार्यक्रम छनोट गरिएकोले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका लाभग्राही नागरिकको जीवनमा उल्लेख्य सहयोग पुगेको बताए ।

सो गाउँपालिकामा कार्यक्रमअन्तर्गत वडा नं ३ र ४ आदिवासी थारु महिलाका लागि तीनमहिने गार्मेन्ट निर्माण तालीम, वडा नं ८ र ९ का युवालाई १५ दिने नेतृत्व विकास तथा प्रस्तावना लेखन तालीम, वडा नं १ देखि ९ सम्मका युवालाई सुरक्षा सेवा र लोकसेवा परीक्षाका लागि एकमहिने तालीम, वडा नं ३ र ४ का युवालाई वाइरिङ तालीमको संयोजक श्रीवास्तवसहितको टोलीले अनुगमन गरेको कार्यक्रम सहजकर्ता जमुना चालिसले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा मुक्तकमैया महिलाका लागि व्यावसायिक बाख्रापालनका लागि बाख्रा सहयोग, बादी जातिका लागि सीप विकास तालीम, वडा नं ६ र ७ का थारु महिलाको परम्परागत सीपलाई बजारको मागअनुसारको सीप विकास तालीम, वडा नं ७ का ४०० ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र थर्मस सहयोग कार्यक्रम सञ्चालन भएका छन् ।

उनले गत वर्ष वाइरिङ र ड्राइभिङ तालीमका सीप सिकेका ४० जना युवामध्ये २० जना युवाले आफ्नो पेशामा लागेर आयआर्जन गरिरहेको जानकारी दिए । तीन वटाका दरले एकल महिलालाई गरिएको बाख्रा सहयोगबाट हालसम्म सबैको घरमा नौ वटासम्म बाख्रा भएको उनको भनाइ छ ।

जिल्लामा यस वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि महिला, युवा, मुक्तकमैया महिला, बादी जाति र ज्येष्ठ नागरिकलाई लक्षित गरी प्राथमिकता दिइएको उनले जानकारी दिए ।

वि.सं.२०७७ माघ ३ शनिवार १४:५४ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...