back
CTIZAN AD

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

वि.सं.२०७७ माघ ३ शनिवार

627 

shares

३ माघ, काठमाडौँ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ ।

यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो । यो पहिलेको वर्ष स्न २०१९ को भन्दा धेरै नै कमी हो भनिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांकअनुसार सन् २०२० मा मात्र विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए ।

उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

उक्त प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ । यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् ।

त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख र रुसमा १ करोड २० लाख र बेलायतमा ९० लाख नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।
एएफपी

वि.सं.२०७७ माघ ३ शनिवार १५:०१ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...