४ माघ, काठमाडौँ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
धनुषा स्थित उक्त मन्त्रालयले प्रदेश आमसञ्चार प्राधिकरणको अध्यक्षमा १, मिडिया काउन्सिलको अध्यक्षमा १ र चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डको अध्यक्षमा एकजना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।
उक्त मन्त्रालयका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।
थप जानकारीका लागि फोन नं ०४१—५२५२७५ मा सम्पर्क गर्नु पर्ने सूचना दिएको छ ।
वि.सं.२०७७ माघ ४ आइतवार १०:५० मा प्रकाशित





























